नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै घट्याे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।