३७ केजी चरेससहित वडा सदस्य

रूपन्देही । प्रहरीले बुटवलमा ३७ किलाेग्राम लागूऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार बेलुका बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नम्बर ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको जनाइएकाे छ।

पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गाउँपालिका–९ का वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ का नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ का टीकाबहादुर रास्कोटी रहेका छन्। रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *