बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’
काठमाडाैं । कोभिड-१९ को नयाँ ‘सब-भेरिएन्ट’ नेपालमा पनि देखिएको छ।
जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड-१९ को नयाँ ंसब-भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो। अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ नयाँ भेरिएन्ट फेला परेका थिए। नेपालमा पुष्टि भएको ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोन भेरिएन्टको सब-भेरिएन्ट हो।
राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा देखिएको कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको हो।
प्रयोगशालाले गरेको ४० वटा कोभिड संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टी भएको प्रयोगशालाले जनाएको छ।
हाल यो भेरिएन्टको कोरोना अमेरिका, भारत र सिङगापुर जस्ता देशमा भेटिएको छ। विश्व स्वास्थ्य संगठनले यो संक्रमण घातक नभएको बताए पनि दीर्घ रोगी र बालबालिकाले भने सचेत हुनुपर्ने जनाएको छ।