बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ता
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएर बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेको छ।
अशोक राईको नेतृत्वमा ‘जनता समाजवादी पार्टी (जसपा)’ दर्ता भएको हो। पार्टी दर्ताका लागि राई लगायत नेताले आइतबार आयोगमा निवेदन दिएका थिए।
राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीका आधारमा नयाँ पार्टी दर्ता गर्ने निर्णय भएको आयोगले जनाएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ र छोटकरीमा ‘जसपा’ बनेको छ।
नयाँ दललाई आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। यससँगै आयोगले राई लगायत नेतालाई दल दर्ताको प्रमाणपत्र दिएको छ।
जसपा नेपालका संघीय परिषद् अध्यक्ष राई सहित सात सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। नयाँ गठन भएको जसपाको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ, केन्द्रीय अध्यक्षमा अशोक राई, सहअध्यक्षमा रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ छन्।
त्यस्तै, महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन्।
यसैगरी, केन्द्रीय सदस्यमा आङकाजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादुर धुजू, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा बज्राचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डव्य र पिंकीदेवी यादव छन्।