बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

चम्पादेवी गाउँपालिकामा भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चम्पादेवी गाउँपालिका, ओखलढुंगामा ०७४/७५ को बजेटमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
बिहीबार विशेष अदालतमा दायर मुद्दामा तत्कालीन प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर नवीन श्रेष्ठ र सब-इन्जिनियर लोकबहादुर ठकुराठीलाई अभियुक्त बनाइएको छ।
वर्ष ०७४/७५ मा बीपी चोक–फतानेबारी सडक निर्माणमा फिल्डको वास्तविक तथ्य बंग्याएको, बढी कामको मूल्यांकनन गरेको र झुटा बिल–भरपाई र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी ९ लाख ४४ हजार रूपैयाँभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीले सडक खण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे–नगराएको परिमाणको मूल्यांकन गराई वास्तविक रूपमा भएको कार्यभन्दा बढीको भुक्तानी माग गरी भुक्तानी लिएकोले उनीहरूबाट पनि बिगो जफत गर्नुपर्ने अख्तियारको माग छ।
वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर खत्रीले सडकखण्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए–गरेको भनी सिफारिसपत्र दिई भ्रष्टाचार गरेकोले सजाय हुन माग गरिएको छ।