नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गर्नुभएको हो ।
विजयी हुनुभएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो ।
यसैगरी, तेस्रो स्थानमा रहनुभएको स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभयो ।