What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

इलाममा सुहाङले बढाए अग्रता, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेसम्म २६ हजार ४३९ मत गणना भएको छ। यसमा एमालेका नेम्वाङले ११ हजार ७८ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ३२४ मत पाएका छन्। त्यस्तै, तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ६ हजार ९०१ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने शुरूआतदेखि नै चौथो नम्बरमा छन्। उनले एक हजार ५०९ मत पाएका छन्।
इलाममा ४५ प्रतिशतभन्दा बढी मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेका थिए।