पञ्जाब किंग्स विरूद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्यमा पञ्जाब किंग्सका बलरहरूले राजस्थानका ब्याट्सम्यानलाई प्रेसरमा राखे पनि सिमरोन हेटमायरले अन्तिम ओभरमा एक बल बाँकी रहँदै रोयल्सलाई जित दिलाए । यो सिजन राजस्थान रोयल्सको पाँचौं जित हो । राजस्थान १० अंकसहित अंक तालिकाको पहिलो स्थानमा कायमै छ। हारको बाबजुद पञ्जाब किंग्स आफ्नो आठौं स्थानमा यथावत छ ।

यसअघि राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले टस जितेर आयोजक पञ्जाब किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । शिखर धवनको अनुपस्थितिमा पञ्जाब किंग्सको जिम्मेवारी साम कुरानले सम्हालेका थिए । अथर्व टाइडे र जोनी बेयरस्टोले इनिङ्स सुरु गरे । टोलीलाई पहिलो झटका आवेश खानले १५ रनको स्कोरमा अथर्वलाई आउट गरेका थिए । त्यसपछि प्रभासिमरनलाई केशव महाराज, युजभेन्द्र चहल र जोनी बेयरस्टोले प्याभिलियनको बाटो देखाएका थिए । पञ्जाबले ७० रनको स्कोरमा ५ विकेट गुमाएको थियो । यसपछि जितेश शर्मा र लियाम लिभिङ्स्टनले मिलेर टोलीलाई सयभन्दा माथि पुर्याएका थिए ।

जितेश शर्मा आवेश खानको बलमा रियान परागको हातमा क्याच आउट भएपछि लिभिङ्स्टन पनि २१ रन बनाएर आउट भएका थिए । यसपछि आशुतोष शर्माले अन्तिम ओभरमा टोलीका लागि अधिकतम रन बनाउने प्रयास गरे र १६ बलमा ३१ रनको इनिङ खेले, जसका कारण पञ्जाब किंग्सले खराब सुरुवातका बाबजुद १४७ रनमा पुग्न सफल भयो । राजस्थान रोयल्सका सर्वाधिक सफल बलर केशव महाराज थिए जसले ४ ओभरमा २३ रन दिएर २ विकेट लिएका थिए । आवेश खानले पनि दुई विकेट लिए तर उनले ४ ओभरमा ३४ रन खर्चे । ट्रेन्ट बोल्ट, कुलदीप सेन र युजवेन्द्र चहलले पनि एक–एक सफलता हात पारे ।

१४८ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सको सुरुवात राम्रो रह्यो भने यशस्वी जैस्वाल-तनुष कोटियनले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दुबैको ब्याटिङ हेर्दा राजस्थानले सहजै खेल जित्ने देखिन्छ । तर, त्यसपछि पञ्जाबका बलरहरूले यस्तो तरंग मच्चाए कि टोलीले ११५ रनसम्ममा ५ विकेट गुमाएको थियो ।

क्रिजमा रहेका वेस्ट इन्डिजका ब्याट्सम्यान शिमरोन हेटमायरले सहजै खेल निकाल्ने अपेक्षा गरिएको थियो । अपेक्षा अनुरूप नै राजस्थानलाई एक बलमा ३ विकेटले जित दिलाए। हेटमायरले १० बलमा २७ रन बनाएर अविजित रहे, जसमा उनले ३ छक्का र १ चौका प्रहार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *