लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुरको दाबी

काठमाडाैं । लुम्बनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरेका छन्।

महराले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन्। गठबन्धनको तर्फबाट ४४ सांसदको हस्ताक्षर बुझाएका छन्।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न महरासँगै नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी सहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

महराले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र सांसदको हस्ताक्षर रहेको छ।

नयाँ समीकणको गठनन्धनलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि समर्थन गर्ने संसदीय दलका नेता धर्मबहादुर चौधरीले बताए। नाउपाका चार सांसद छन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीराम चौधरीले बिहीबार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुख शेरचनले आइतबार महरालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *