धोनीको तूफानी इनिङ्सले गरेन काम, दिल्लीले लगायाे चेन्नईको विजय यात्रामा ब्रेक

काठमाडाैं । आइतवार विशाखापट्टनममा खेलिएको इन्डियन प्रिमियर लिग 2024 को 13 औं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेकाे छ। पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले डेभिड वार्नर र कप्तान ऋषभ पन्तको अर्धशतकको मद्दतले २० ओभरमा १९१ रन बनाएको थियो । १९२ रनको जवाफमा चेन्नई सुपर किंग्सले अजिंक्य रहाणे र महेन्द्रसिंह धोनीको तूफानी इनिङ्सका बाबजुद १७१ रन मात्र बनाउन सक्याे । याेसँगै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सको विजयरथमा ब्रेक लगाएकाे छ ।

यसअघि ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टोलीको सुरुवात विस्फोटक रह्यो र पृथ्वी शासँगै डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो ६ ओभरमा ६२ रन बनाएका थिए । मुस्ताफिजुर रहमानले चेन्नई सुपर किंग्सलाई पहिलो सफलता दिलाए र उनले डेभिड वार्नरलाई ५२ रनको स्कोरमा आउट गरे। यसपछि पाथिरानाले पहिले पृथ्वी शा, त्यसपछि मिचेल मार्स र ट्रिस्टन स्टब्सलाई बलिङ गर्दै दिल्लीको राम्रो सुरुवात बिगार्ने प्रयास गरे।

यसपछि ऋषभ पन्तले ३२ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ५१ रन बनाए । यो इनिङको मद्दतले दिल्ली क्यापिटल्स १९१ रन बनाउन सफल भयो । चेन्नईका लागि मथिशा पाथिराना सर्वाधिक सफल बलर रहे र उनले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले पनि १–१ को सफलता पाए भने दीपक चाहरले ४ ओभरमा ४२ रन दिएर कुनै विकेट लिन सकेनन् ।

१९२ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सको सुरुवात राम्रो हुन सकेन र तीन ओभरमा दुवै ओपनर रचिन रविन्द्र र रुतुराज गायकवाड आउट भए । अजिंक्य रहाणे र डेरिल मिचेलले इनिङ्सलाई सम्हाले र टोलीलाई १० ओभरमा ७० रनभन्दा माथि पुर्याए । अक्षर पटेलले यो साझेदारी तोडेर मिचेललाई बोल्ड गरे। रहाणे १०० रन पार गर्ने वित्तिकै आउट भए । शिवम दुबेले १७ बलमा १८ रन बनाउन सके । अन्तिम ओभरमा धोनीले १६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै पुनरागमन गर्ने प्रयास गरे तर त्यतिन्जेल ढिला भइसकेको थियो र दिल्लीले २० रनले खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *