What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो, यस्तो छ नयाँ मूल्य सूची
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो। पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
उक्त मूल्यसूची सोमबार बिहान एक बजेबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोल (petrol) मा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची आएको निगमले जनाएको छ।
निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको मूल्य यथावत राखिएको जनाइएको छ। यस्तै, डिजेल र मट्टीतेलको मूलय पनि यथावत छ। नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुने निगमले जनाएको छ।







