What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सिआइबीकाे पत्र
What To Know
- काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।.
- काठमाडौं महानगरपालिका-३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले सांसद चौधरीका भाइ व्यवसायी अरुण, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए।.
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
सीआईबीले बुधबार सभामुखलाई अनुसन्धान भइरहेको विषयमा जानकारी गराएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए।
काठमाडौं महानगरपालिका-३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले सांसद चौधरीका भाइ व्यवसायी अरुण, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए।
यसरी गृहमन्त्रीले निर्देशन दिएको समाचार बाहिरिएपछि सांसद चौधरीले चैत ५ गत (सोमबार) बाँसबारी जग्गाबारे संसदमा सरकारले गरेको लिलामीमार्फत् आफूहरूले जग्गा लिएको दाबी गरेका थिए।
उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनी रिहा भइसकेका छन्।
बाँसबारीको सरकारी जग्गा च्याम्पियन फूटवेयरको नाममा लगिएको थियो। त्यसका संस्थापक शेयरधनी तथा सञ्चालक समिति सदस्य रहेका सांसद चौधरीमाथि पनि सीआईबीले अनुसन्धान थालेको हो।
सांसद चौधरी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।