What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेकपा माओवादीसँग एकता सम्भव छैनः पूर्व प्रधामन्त्री भट्टराई
What To Know
- बाबुराम भट्टराईले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सँग एकताबारे कहिल्यै नसोचेको दाबीगरेका छन् । पार्टी मुख्यालय, सुविधानगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीसँग तत्काल एकता सम्भव नरहेको पनि उल्लेख गरे ।.
- भट्टराईले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुराना भन्दा नयाँ दल किन फरक भन्ने गम्भीर प्रश्न उठेको पनि बताए । ‘जनयुद्धकै पृष्ठभूमिबाट आएका कारण त्यसका बाँकी कार्यभार सम्पन्न गर्ने सन्दर्भमा त पुराना दलहरूसँग सहकार्य गर्ने कुरा छँदैछ ।.
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सँग एकताबारे कहिल्यै नसोचेको दाबीगरेका छन् । पार्टी मुख्यालय, सुविधानगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीसँग तत्काल एकता सम्भव नरहेको पनि उल्लेख गरे ।
‘नयाँका नाममा पुरानोतिर फर्किने कुरा हुँदैन। लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हौँ,’ उनले भने, ‘त्यसबाहेक हामीले अरु सोचेका छैनौँ। पुराना दलहरूसँग एकताबारे सोचिएको छैन।’
भट्टराईले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुराना भन्दा नयाँ दल किन फरक भन्ने गम्भीर प्रश्न उठेको पनि बताए । ‘जनयुद्धकै पृष्ठभूमिबाट आएका कारण त्यसका बाँकी कार्यभार सम्पन्न गर्ने सन्दर्भमा त पुराना दलहरूसँग सहकार्य गर्ने कुरा छँदैछ ।
तर, त्यसबाहेक एकताका लागि आफूहरूले कहिल्यै नसोचेको उनले बताए । ‘पुराना राजनीतिक शक्तिहरूबाट अग्रगामी विकास हुन सक्दैन,’ उनले भने, ‘नयाँ शक्तिको टडकारो आवश्यकता अहिले देखिएको छ ।’






