नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एक महीनाभित्र राजधानीको टुङ्गो लाग्छ : मुख्यमन्त्री पाैडेल
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ ।
पत्रकारसँग आज उहाँले भन्नुभयो, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गर्नुभयो । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उहाँले ढिलो नभएको दावी गर्नुभयो ।
प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उहाँले भन्नुभयो, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उहाँले ऐन कानून बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताउनुभयो ।