नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

टी–२० अन्तर्राष्ट्रिय शृंखलाः उपाधिबाट चुक्यो नेपाल
काठमाडौं । नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ ।
हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्यो । नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको हो । सन्दीप जोराले १७, आरिफ शेखले १५, रोहित पौडेलले १२ रन नै मुख्य योगदान रह्यो।
बाँकीले दोहोरो अंक समेत जोड्न सकेनन्। पिएनजीका बलरहरूमा काबुवा मोरिया, सेमो कामिया, चाद सुपर र सेसे बाउले २/२ विकेट लिए। एलेइ नाउले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियो। जसमा पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले १० बलमा ३० रनको योगदान दिए।
बलिङमा कुशल भुर्तेले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए भने आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट, करन केसीले चार ओभरमा ३२ रन खर्चिएर एक विकेट र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिएका थिए।