What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

शालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छः प्रधानमन्त्री
काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।
अघिल्लो शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ।
सो विषयमा गम्भीर हुन प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको पीडित पक्षको दाबी छ।