नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेदरल्यान्डस्ले नेपाललाई दियो १२१ रनको लक्ष्य
काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत शनिबारको खेलमा नेदरल्यान्डस्ले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको हो। नेदरल्यान्डस्का लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपाली बलरले शुरूआतदेखि नै नेदरल्यान्डस्लाई दबाबमा राखे। करण केसीले पहिलो ओभरमै दुई विकेट लिए। त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। नेदरल्यान्डस्का दुई खेलाडी रन आउट भए।
फाइनलको सम्भावना जोगाइराख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ। नेदरल्यान्डस्को चार अंक छ भने नेपाल र नामिबियाको दुई-दुई अंक छ। नेदरल्यान्डस् र नामिबियाबीच एक खेल हुन बाँकी छ।
अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ।