इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन

काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन तय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। थपलियाका अनुसार आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तोकेको हो।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। त्यस्तै, गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ को प्रदेश सभा सदस्य पद रिक्त भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *