What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आज पनि नेपालको खराब ब्याटिङ, १७२ रनमै समेटियो
काठमाडाैं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत चौथो खेलमा पनि नेपालले ब्याटिङ सुधार्न सकेन, जसले गर्दा १७२ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाए।
त्यस्तै, करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र रोहित पौडेलले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेदरल्यान्ड्सका लागि भिभियन किंमा र आर्यन दत्तले तीन-तीन, भास डे लीडले दुई र रिलोफ भानले एक विकेट लिए।
लिग-२ अन्तर्गत जारी प्रतियोगितामा नेपालले यसअघि खेलका तीनमध्ये दुई खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो।






