नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत
काठमाडाैं । एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ।
मलेशियामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले आइतबार भूटानलाई नेपालले आठ विकेटले पराजित गरेको हो। भूटानले दिएको ६६ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ११.५ ओभरमा पूरा गरेको हो।
नेपालका लागि सीता राना मगरले ३२, रुविना क्षेत्रीले १७, कविता कुँवरले पाँच र इन्दु बर्माले एक रन बनाए। भूटानका लागि अञ्जु गुरुङ र अञ्जली घलेले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको भूटानले चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो। भूटानका लागि नवाङ छोदेनले २५, देचेन वाङ्बोले १७ र छेरिङ जाङ्मोले १६ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए।
यो जितसँगै नेपालले चार अंक जोडेको छ। समूह ‘डी’ मा रहेको नेपाल अंकतालिकको शीर्षस्थानमा उक्लिएको छ।
नेपालले सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।