What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपालले जित्यो क्यानडासँगकाे एकदिवसीय शृंखला
काठमाडौँ । एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृंखला जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले हराएको थियो ।
लगातार दोस्रो जितसँगै नेपालले सिरिजमा २–० को अग्रता लिएको छ । जितका लागि क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपाका लागि कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिल साहले अर्धसतकीय इनिङ्स खेल्नुभयो । यसैगरी कुशल मल्ल र सोमपाल कामी समान नौ रनमा अविजित रहनुभयो । रोहितले ८७ र देवले ७६ रन बनाउनुभयो । ओपनर अनिलले ५० रन बनाउनुभयो ।
यस्तै भीम सार्कीले २३, पवन सरार्फले १४ र अर्का ओपनर आसिफ शेखले १० रन बनाउनुभयो । बलिङमा क्यानडाका हर्ष ठाकुर र इश्वरजोत सोहीले दुई दुई तथा साद बिन जफर र दिलप्रति बाजवाले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।
यस्तै नवनीत धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस कीर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाउनुभयो ।
बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।दुई टोलीबिच अन्तिम खेल सोमबार हुनेछ ।






