दशैँमा खसीको मासु पकाउने सजिलो तरिका

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड बडा दशैं धुमधामले मनाइदै छ । दशैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन् । हुन त यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि हो दशैँ । यत्ति मात्र हाेइन दशैँ नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ । दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ। यहाँ हामीले घरमै खसीकाे स्वादिष्ट परिकाकार बनाउने बारेमा चर्चा गरेका छाैँ ।

चाहिने सामाग्री
१ किलो ग्राम खसीको मासु टुक्रा पारेको, १ सय ५० मिलिलिटर तेल, २ सय पचास ग्राम प्याजलाई मसिनो पारेको, ३० ग्राम ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता, २ सानो चम्चा जीराको धुलो, २ सानो चम्चा मीट मसला, १ सानो चम्चा गरम मसला, नून स्वाद अनुसार, २ ठूलो चम्चा हरियो धनियाँ मसिनो काटेको ।
बनाउने तरिकाः
पहिला प्रेसर कुकरमा तेल तताउने, त्यसमा ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता फुराउने, त्यसपछि प्याज हालेर भुट्ने र त्यसमा गोलभेडा हालेर फेरी २ मिनेट जति भुट्ने । सबै मसला हालेर चलाउने र मासु हालेर सानो आँचमा ३ या ४ मिनेट जति चलाउँदै पकाउने । त्यसमा अदुवा लसुन हालेर राम्रोसँग चलाउने, त्यसपछि १ कप जति पानी हालि कुकरको ढकनी लगाएर २ सिठी लाग्न दिने । बिर्को निकालेर एकछिन सानो आगोमा चलाएर राख्ने ।
लेदो भएपछि काटेको हरियो धनियाँ हालि चलाएर निकाल्ने अनि सर्भिस डिसमा राखेर सर्भ गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *