सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड, एउटै सिरिजमा २४ वीकेट

काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाएका छन् । एउटै सिरिजमा धेरै विकेट लिने रेकर्ड सन्दीपले बनाएका हुन् ।

विश्वकप टी–ट्वान्टी एसिया उपक्षेत्रीय छनोट खेलको सिरिजमा २४ विकेट लिने खेलाडीको रेकर्ड लामिछानेले बनाएका हुन् । सन्दीपले सिंगापुरसँग चार विकेट, भुटानसँग तीन विकेट, थाइल्याण्डसँग पाँच विकेट, मलेसियासँग पाँच विकेट, म्यानमारसँग चार विकेट लिए ।

यसअघि, २१ विकेट लिएका बसन्त रेग्मीको नाममा एउटै सिरिजमा धेरै विकेट लिने रेकर्ड थियो ।

एक खेल बाँकी रहँदै अघिल्लो चरणमा स्थान बनाएका सिंगापुर र नेपालले अहिले उपाधिका लागि खेलिरहेको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको सिंगापुरले ८२ रनको लक्ष्य दिएको छ । सिंगापुर १७ दशमलव ३ ओभरमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिएका छन् । सोमपाल कामी र करण केसीले दुई÷दुई विकेट लिएका छन् भने बसन्त रेग्मी र ललित राजवंशीले समान एक÷एक विकेट लिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *