हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यसरी मिल्याे गठबन्धनमा भागबन्डा, कसलाई कति सीट?
काठमाडाैं । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनमा रहेका दलहरूको बैठकले संयुक्त उम्मेदवारी दिने निर्णय गरेको नेपाली कांग्रेस नेता रमेश लेखकले बताए।
गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सीट पनि बाँडफाँड गरेको छ। नेता लेखकका अनुसार कांग्रेसलाई १०, नेकपा (माओवादी केन्द्र)लाई ६, नेकपा (एकीकृत समाजवादी)लाई दुई र जनता समाजवादी पार्टी (जसपा)लाई एक सीट दिने सहमति भएको छ।
बैठकपछि नेता लेखकले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौं र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सीटका लागि निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।