प्रावि शिक्षक छनोटको नतिजा कहिले आउँछ ?

काठमाडाैं । शिक्षक सेवा आयोगले गत असोज ६ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ भित्र सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

आयोगले प्राविको विषयगत परीक्षाको उत्तरपुस्तिका धमाधम परीक्षण गरिरहेको जनाएको छ । उत्तरपुस्तिका परीक्षण सकेर, सम्परीक्षण, डाटा इन्ट्री र रुजु गरेर नतिजा सार्वजनिक गर्न समय लाग्ने आयोजले जनाएको छ ।

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि गरेको विज्ञापन गरेको थियो । सो विज्ञापन अनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

सो परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्ष्ाँमा १ लाख ३४४ जना सहभागी भएका थिए । आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत (सामान्य) परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए ।

त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए ।

त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

आयोगले लिने परीक्षामा सामान्य परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले मात्र विषयगत लिखित परीक्षामा सहभागी हुने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *