लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी

काठमाडाैं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ।

बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *