हामी नेपालीको तिहार

हरि पूर्व निरौला, ईलाम
हामी नेपाली अनि हाम्रो महान चाड दीपावली अर्थात् तिहार । तिहार एउटा दाजु र बैनी बीच को घनिष्ठ पर्व हो। त्यसैले तिहार धेरै रमाइलो हुने गर्दछ। दिदी बैनी ले दाजु भाई लाई लामो आयु र उत्तर उत्तर प्रगतिको कामना गर्दै टीका र माला लगाएर विभिन्न परिकार र फलफूलको साथमा खुसियाली मनाउने गरिन्छ। तिहारको दिन ओखर लाई ढोका मा फुटाएर दाजु भाई को संपूर्ण अनिष्ट र अशान्ति ओखर सगै फुटाएर विश्वास गरिन्छ।

अनि आज भोलि विभिन्न ठाउँमा विभिन्न सिको गर्दै नयाँ तरिका बाट तिहार मनाउने प्रवृत्ति बढी रहेको छ। चाडलाई एउटा विकृति को रूपमा विकास गरी रहिएको छ। किन कि हाम्रो तिहार मा शान्तिपूर्ण वातावरण हुने गर्दछ । देउसी भैलो का कार्यक्रम पनि अराजक बन्दै गई रहेका छन् । विदेशी गीत मा छोटो कपडा लगाएर नाच्ने अनि पैसाको लागि देउसी भैलो खल्ने प्रविधि बद्धो छ। यस्तै रूपले अगाडि बढ्यो भने केही दशक पछि देउसीभैलो डिस्को मा सिमित न होला भन्न सकिन्न। एउटा सामाजिक मूल्य मान्यता र आस्थाका यस्ता चाड पर्व हरु परिवर्तित समय संघ परिवर्तित हुँदै गए भने हाम्रो परम्परा नै नष्ट हुने खतरा छ। सामान्य फरिया चोलीमा अनि नेपाली दौरा सुरुवाल टोपी लगाएर आफ्नै पनको देउसी खेल्ने हाम्रो परम्परा कता जाँदै छ हाम्रो संस्कृति प्रर्यटन मन्त्रालय ले किन यस्ता कुरमाचासो देखाउँदैन? के हाम्रो परम्परा जोगाउने दायित्व हैन त यो मन्त्रालय को?

ठाउँ अनुसार आफ्नो भेषभुषा मिलाएर आफ्नो नेपाली पन दिएर चाड पर्व मनाउँदा त विदेशी पनि खुसी हुने गरेकै हुन। उनीहरू सधैं नयाँ र नौलो पनको खोजीमा हुन्छन् अनि हाम्रो मौलिकता बोकेका चाड हरु त्यै सरुप मा पूर्व ढाँचा मै विकास गर्दा झन् सुन मा सु गन्ध हुनु पर्ने हो तर त्यसो न गरेर आज विदेशी संस्कार घुसाउँदै परमार्जित गरी लगिदैछ के यसो गर्नु हाम्रो चाड पर्व खतरा को बाटो तिर लाग्नु हैन र?

यदि हाम्रा विभिन्न संस्कार चाड पर्व हरु यही रूपमा आगाडी बड़े भने आउँदो पुस्तामा हस्तान्तरण हुँदै जाने क्रममा आफै लोप हुने अवस्थामा पुग्ने निश्चय पक्का छ। तीज ,विवाह, मरण को संस्कार, अनि हाम्रो महान पर्व वडा दसैँ तथा तिहार जस्ता देशको ढुक ढुकी बोकेका पर्व आफै खतरा तर्फ उन्मुख हुँदै जाँदै छन् अनि देशको ढुक ढुकी कसरी स्वच्छ चल्न सक्ला गम्भीर प्रश्न खडा हुन्छ?

तिहार माला र दियाहरुले झिलिमिली हुनु पर्ने मा विभिन्न महँगा विदेशी बती र पटका मा रम्दै गै रहेको छ। सामान्य देशमा पाइने चिजको साटो महंगो। विदेशी समान को क्रेज मा उर्लँदो छ नयाँ पुस्ताको लहर अनि कसरी हुन्छ स्वच्छ सहर ? ठूलो धनराशी चाड को नाम को किनमेल ले विदेश पुग्छ अनि कसरी मुद्रा सचिती हुन्छ देशमा? आफ्नो देशमा पाइने फूल अनि बन्ने माटाको दियाहरु किन्न छोडेर विदेशी झिलमिल लाइट र पिलपिले दियो ले रंगीन थाल्यो नेपालको तिहार अनि हामी निर्धक्क भन्छौ हाम्रो महान पर्व तिहार कसरी भयो महान देशको ठूलो रकम विदेश पुगिसक्यो ?

त्यसैले आफ्नै अर्गानिक स्वदेशी सामानको हुने र सक्ने सम्म प्रयोग गरुँ मुद्रा विदेशिन बाट रोकौं अनि नेपाल लाई एउटा बलियो देश बनाउन पुर्खाले दिएको योगदान को कदर गर्दै देशको सर्वाङ्गीण विकास मा हामी सबै एक जुट भएर अगी बढौ आफ्नो आफ्नो ठाउँ बाट सके सम्म जोड दिउँ देश बने बन्छौ हामी सबै नेपाली भन्ने एउटा असल संदेश सबैको माझमा पुगोस् । जय देश जय जनता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *