यस्तो छ रविले प्रधानमन्त्रीलाई दिएको १४ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किए लगत्तै लामिछानेले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा उनले प्रधानमन्त्री प्रचण्डलाई भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे १४ बुँदे सुझाव दिएका छन् ।

‘मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई विशेष धन्यवाद दिन चाहन्छु । पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भए तापनि भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौं । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनु पर्ने कार्यको सूची तपाईं समक्ष राख्न चाहन्छु,’ ध्यानाकर्षण पत्र बुझाउँदै उनले भनेका छन् ।

विपद्का बेला समयमा नपुर्‍याएको सामानको महत्त्व हुँदैन भन्ने सिकाइका साथ फर्किएको बताउँदै उनले अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पुर्‍याउन अनुरोध गरेका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन् ।

यस्तो छ १४ बुँदे सुझाव:

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *