नेपालको आज मलेशियासँग प्रतिस्पर्धा

काठमाडाैं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज दोस्रो खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्दै छ।

पहिलो खेलमा सोमबार सिंगापुरलाई हराएको नेपालले आज दोस्रो खेलमा मलेशियालाई पराजित गर्दै सेमिफाइनल पुग्ने योजना सहित मैदानमा उत्रिनेछ। पहिलो खेलमा ओमनसँग पराजित भएको मलेशिया भने जीतको खोजीमा छ।

मलेशियासँगको खेलमा दीपेन्द्रसिंह ऐरी हुनेछैनन्। उनी घाइते भएपछि विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएका छन्।

पछिल्ला पाँच खेललाई हेर्दा नेपाल नै बलियो देखिन्छ। नेपालले पाँचमध्ये चार खेल जितेको छ भने मलेशियाले एउटा खेल मात्रै जितेको छ।

सन् २०२० मा भएको खेलमा मलेशियाले नेपाललाई २२ रनले पराजित गरेको थियो। त्यसयता भएका चारै खेलमा नेपालले फराकिलो जीत हासिल गरेको छ।

सन् २०२१ मा भएका दुई खेलमध्ये नेपालले एउटा नौ विकेटले र दोस्रो ६९ रनले जितेको थियो त्यस्तै, सन् २०२२ मा भएका दुई खेलमा पहिलो ६ विकेट र दोस्रो ८५ रनले जितेको थियो।

त्यस्तै, आईसीसी टी-२० वरियतामा पनि नेपालभन्दा मलेशिया पछाडि छ। नेपालले १६औ नम्बरमा छ भने मलेशिया २५औं नम्बरमा छ।

नेपाल र मलेशियाको खेल आज दिउँसो १ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजै बिहान ९ बजे कीर्तिपुरमा ओमन र सिंगापुर तथा मुलपानी क्रिकेट मैदानमा बहराइन र हङकङ प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दिउँसो १ः३० बजे मुलपानीमा कुवेत र यूएईको खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *