हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान
काठमाडाैं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परेर मारिएमा दशै जना नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।
पछिल्लो पटक राजेशकुमार स्वर्णकार र आनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दुतावासले जनाएको छ।
दुतावासका अनुसार १२ कार्तिकमा पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव प्राप्त भएको थियो। शवह यथाशीघ्र नेपाल ल्याउने तयारी भइरहेको दुतावासले जानकारी दिएको छ।
दक्षिणी इजरायलमा ज्यान गुमाएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव यसअघि नेपाल ल्याइसकिएको छ।
कमाउँदै पढ्दै कार्यक्रमअन्तर्गत इजरायल पुगेका २६५ नेपाली विद्यार्थी मध्ये १७ जना हमासको आक्रमणबाट प्रत्यक्ष प्रभावित भएका थिए। घाइते दुई जनाको अस्पतालमा उपचार चलिरहेको छ भने एक विद्यार्थी वेपत्ता छन्। बाँकी विद्यार्थीलाई सरकारले नेपाल फिर्ता ल्याईसकेको छ।