बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिदेशीय शृङ्खला
काठमाडाैं । नेपाललाई चार विकेटले पराजित गर्दै यूएईले त्रिदेशीय टी-२० शृङ्खला जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। यूएईका लागि मुहम्मद वासीमले ४२, भृत्य अरविन्दले २६, आर्याशं शर्माले २५, वसिल हमिदले २२ रन बनाए।
नेपालका लागि गुल्सन झा र अविनाश बोहराले दुई-दुई तथा कुशल मल्लले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५०, करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाए।
यूएईका लागि आयान अफजल खानले तीन, अलि नसीर र जहूर खानले दुई-दुई तथा जुनैद सिद्दिकीले एक विकेट लिए।
त्रिदेशीय शृङ्खलामा नेपाल र यूएईसँगै हङकङले प्रतिस्पर्धा गरेको थियो। हङकङ लिग चरणबाट बाहिरिएको थियो।
अर्को साता टी-२० विश्वकप छनोट प्रतियोगिता हुँदै छ। त्यसको तयारीका रुपमा नेपालले त्रिदेशीय शृङ्खला आयोजना गरेको हो।