What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १६२ रन बनाएको हो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाए।
त्यस्तै, करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाए।
यूएईका लागि आयान अफजल खानले तीन, अलि नसीर र जहूर खानले दुई-दुई तथा जुनैद सिद्दिकीले एक विकेट लिए।
अहिले यूएईले ब्याटिङ गरिरहेको छ।






