हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
महिलाका लागि पनि खुला भयो आलमदेवी मन्दिर
स्याङ्जा । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए। उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ स्थित शाह वंशको कुल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। तर, हिजोआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ।
आलमदेवी मन्दिर विसं १३५० सालमा स्थापना भएको हो। यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ।
तर, मन्दिरमा ठकुरी बाहेक महिलालाई प्रवेश गर्न निषेध थियो। ठकुरी महिलालाई भने मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छूट थियो।
मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए। उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो।
“हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ”, आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले भने, “ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन्।”
अध्यक्ष थापाका अनुसार मन्दिरको शुरूआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन्। यहाँ दशैंको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजा सहित सरकारी पञ्चबलि चढाउने चलन छ।
“आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ”, उनले भने।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताए। “पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ”, उनले भने, “गुठी संस्थानको रु ८४ हजार बजेट मार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ।”
आलमदेवी मन्दिरमा ३६५ दिन नै पूजा हुने गरेको छ। यहाँ एकादशी, औंसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ। – रासस