What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
जापानमा शक्तिशाली तुफान: कान्साइ विमानस्थल पूर्ण रुपमा बन्द
एजेन्सी । जापानमा आएको एक शक्तिशाली तुफानका कारण दुई जनाको मृत्यु भएको र अन्य ७६ जना घाइते भएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन्। २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली ‘जेबी’ नामक तुफानले ‘ल्याण्डफल’ समेत गराएको छ।
तुफानका कारण आएको बाढीले जापानको एउटा प्रमुख विमानस्थल कान्साइ अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावित पारेको छ र अहिले विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। प्रभावित क्षेत्र विशेष गरी पश्चिम जापानतर्फ हुने सयौँ उडानहरु रद्द गरिएका छन्।






