सुरक्षित गर्भपतन सेवा छ, छैन सचेतना

सुनिल कार्की 
पाल्पा । सुरक्षित गर्भपतन सेवालाई सहज बनाउन सरकारको लगानी सन्तोसजनक नै मान्न सकिन्छ । तर उपलब्ध सेवालाई सेवाग्राहीसम्म पुर्याउन सरकारले गरेको लगानी भने ज्यादै न्यून देखिन्छ । सेवा उपलब्ध गराएपछि त्यसको पुहँचमा सेवाग्राही नागरिकको दायरा फराकिलो बनाउनु सेवाप्रदायकको दायित्व पनि हो । तर लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा भने सुरक्षित गर्भपतन सेवा सुचिकृत स्वास्थ्यको बारेमा नागरिक अनविज्ञ अथवा बेखबर नै रहेको गुनासो गरेका छन् ।

सेवा प्रवाह बारे आवश्यक जानकारी लिन अझै पनि सेवा प्रदायक कार्यालय नै पुग्नुपर्ने बाध्यता रहेको तानसेन नगरपालिका वडा नं १० कि वर्ष २४ की मोनिक रायमाझीले दुखेसो पोख्नुभयो । आफुलाई गत पुष महिनामा सुरक्षित गर्भपतन सेवा लिन परेको तर सेवा काहाँ लिन पाइन्छ भन्ने जानकारी नहुँदा धेरै ठाउँमा सोधीखोजी गरि धाउन परेको रायमाझी बताउनुहुन्छ । स्थानिय पत्रपत्रिका, रेडियो, अनलाइन मिडियामा सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी देखि नागरिक बडापत्र नहुँदा धेरै ठाउँमा सोधीखोजी गर्दा गोपनियत नै भंङ्ग हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

यसैगरि पूर्वी पाल्पाको रामपुरा नगरपालिका ४ बेझाडका प्रकाश ज्ञवालीले पनि उस्तै समस्या भोग्नु पर्यो । पहिलो सन्तानको रुपमा ७ वर्ष की छोरी रहेको ज्ञवाली दम्पतीलाई अहिले तत्काल दोस्रो सन्तानको रहर नहुँदा नहुँदै गर्भ बस्न गयो । श्रीमनले अझै केही समय बुढा बाआमाको स्याहारसुसार गर्नपर्ने भएकोले गर्भ राख्ने पक्षमा श्रीमती नरहेको तर सुरक्षित परिवार नियोजनको साधन प्रयोग गर्दा गर्दै गर्भ बस्न गई सो गर्भ नराख्ने ज्ञवाली दम्पतीको घर सल्लाहा अनुरुप गर्भपतनको प्रयास गर्दा सुरक्षित गर्भपतन गराउने सुचिकृत स्वास्थ्य संस्था खोज्नै हप्ता १० दिन लागेको बाध्यता सुनाउनुभयो । जो पाए उसैलाई सोध्न डर लाग्यो विश्वास पत्रको खोजी गरेर थाहा पाउन समय लाग्यो ज्ञवालीले बताउनुभयो । सुरक्षित गर्भपतन सेवा बारे जानकारी लिन यहाँ सम्पर्क गर्नुहोस भनेर समेटीएको सामाग्री कायकैरानमा विहान ६ बजे प्रसारण गरिदिने हो भने मैले जस्तो दुख अरुले पाउने थिएनन् ज्ञवाली बताउनुहुन्छ ।

पाल्पामा सुरक्षित गर्भपतन सेवा दिने सुचिकृत सरकारी र गैरसरकारी स्वास्थ्य संस्था करिब १८ वटा रहेका छन । तर यी मध्ये अधिकाशं सुचिकृत स्वास्थ्य संस्थाले आफुले दिने सुरक्षित गर्भपतन सेवा बारे कमै मात्र जानकारी दिने गरेका छन । यि सस्थाले स्थानिय सञ्चार मध्यम रेडियो , टेलिभिजन , पत्रपत्रिका देखि पर्जा पम्प्लेट देखि सार्वजनिक ठाउँमा सेवाको जानकारी समेटिएको होडिङ्ग बोर्ड राख्नुपर्ने हो । तर सेवाको प्रचारप्रसारमा ध्यान नदिएको स्वयम सेवा प्रदायक निकाय स्वीकार गर्दछन । सुरक्षित गर्भपतन सेवा पुरानो पहिले देखि नै दिर्दै आएको हुनाले सेवको बारेमा थप प्रचार नगरेको जिल्ला अस्पताल पाल्पाका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट विवेक भण्डारीले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवाप्रति नागरिकको विश्वास ज्यादै कम रहेकाले भरपर्दो,सुरक्षित र गोपनिय सेवाका बारेमा जानकारी दिने कार्यक्रम लैजाने तयारीमा रहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यता गैर सरकारी स्वास्थ्य संस्था नेपाल परिवार नियोजन संघ पाल्पाले भने सडक नाटक , पर्जापम्प्लेट , सडकमा होडिङ्ग बोर्ड र रेडियोमा सन्देश मुलक रेडियो सामाग्री तयार पारेर सुरक्षित गर्भपतन सेवा बारे नागरिकलाई जानकारी दिने गरेको शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले बताउनुभयो । यसका अलावा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सहयोगी , भिजिटर , अभिमुखिकरण र तालिमको माध्यबाट सुरक्षित गर्भपतन सेवालाई लक्षित वर्ग सम्म पु¥याउने प्रयास गरेको शाखा प्रमुख न्यौपानेको दाबि रहेको छ ।

यसै गरि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पनि गर्भपतन सेवालाई सेवाग्रही मैत्री बनाउन सुरक्षित गर्भपतन सेवालाई प्रोत्साहान गर्ने खालको विषयवस्तु तयार नपारेको कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीको भनाई रहेको छ । कार्यालयका प्रया सबै सुचना मुलक पर्जा,अडियो,भिडियो सामाग्री स्वास्थ्य विभागले तयार पारी केन्द्रले नै जिल्ला जिल्लामा पठाउने गरेकाले आगामी दिनमा यो खालका सामाग्री उत्पादन गरि पठाउन सुझाव स्वरुप विभागलाई पत्र लेखि पठाउने डा गिरीले बताउनुभयो ।

स्थानिय सरकारले एउटा स्वयक्त निकाय भएका हिसाबले पनि सुरक्षित गर्भपतन सेवाको बारेमा आम स्थानियलाई सजिलै सुचना र सन्देश दिन सक्ने निकाय मानिन्छ तर स्थानिय निकायले शिक्षा,सुशासन,पूर्वाधार र सामाजिक क्षेत्रमा विषयगत रुपमै शाखाले सुचनामुलक सन्देश तयार पारेर मिडियालाई विज्ञापन स्वरुप उपलब्ध गराउने गरेता पनि सुरक्षित गर्भपतनको यति संवेदनशील विषयमा सन्देश र जानकारीमुलक कन्टेन्ट निर्माणमा लगानी गर्ने पक्षमा ज्ञान नभएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । स्थानिय सरकार आफ्नो निति र कार्यक्रम ल्याउने आन्तिम तयारीमा जुटेकाले सुरक्षित गर्भपतनलाई नागरिकको सहज पहुँचमा लैजाने खालको कार्यक्रम समावेश गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

जिल्लाको स्वास्थ्य कार्यालयको समन्वयमा पालिकाको स्वास्थ्य गतिविधि तय हुने भएकोले स्वास्थ्य कार्यालले सुरक्षित गर्भपतनका सवालमा हामीलाई यसबारेमा परिपत्र नगरेका कारण पूर्वखोला गाउँपालिकाले यस बारे कन्टेन्ट तयार नपारेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

सुरक्षित गर्भपतन सेवाको दायरा जति धेरै नागरिको पहुँचमा पुग्छ उति नै धेरै परिवार मिलेको , राम्रो र खुशी परिवार सहितको सुरक्षित स्वस्थ समाज निर्माण हुन सक्छ । सुरक्षित गर्भपतन सेवा दिने प्रक्रिया संवेदनशील , झंझटिलो र लामो हुँदा सेवा प्रदायकले सेवाग्रही नै नआए हुन्थ्यो भन्ने हेतुले सेवाको पहुँच विस्तामा आलटाल गरेको प्रष्ट हुन्छ । सुुचिकृत स्वास्थ्य संस्थाले सेवा र प्रचारप्रसारमा गरेको बेवास्ता देख्दा ! फलस्वरुप स्थानिय , प्रदेश र संघिय सरकारले नै सुचिकृत स्वास्थ्य संस्थाको सेवालाई व्यक्ति , परिवार , गाउँटोल समाज र समुदायमा लैजान आवश्यक देख्न्छि । जति बढि सुरक्षित गर्भपतन सेवाको पहुँच र दायरमा वृद्धि हुन्छ त्यति नै सम्रग राष्ट्रको लागि राम्रो हुने भएकोले राज्यले प्रत्यके सुचिकृत स्वास्थ्य संस्थामा छुटै सुचना अधिकारी प्रवक्ता वा फोकल पर्शन तोकिनु पर्दछ भने सिधै फोनमा जानकारी पाउन सकिने सुरक्षित गर्भपतन हेल्प डेस्कको स्थापन गरि २४ सै घण्टा सेवा दिन सक्ने क्षमताको विकास गर्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *