कोशीका आन्दोलनरत पक्ष र सरकारबीच वार्ता

काठमाडाैं । कोशी प्रदेशको नामकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधर र सरकारबीच वार्ता चलिरहेको छ।

प्रदेश सभाले कोशी नामकरण गरेपछि पहिचान पक्षधर आन्दोलनमा छन्। लामो समयदेखि आन्दोलनरत पहिचान पक्षधरले नाम परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन्।

दुई महीनादेखि जारी आन्दोलनका क्रममा एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्। आन्दोलन चर्किंदै गएपछि सरकारले वार्ताका लागि आह्वान गरेको थियो।

आज बिहानदेखि प्रदेश सरकारको वार्ता टोली र पहिचान पक्षधरबीच वार्ता चलिरहेको छ। सरकारी पक्षबाट वार्ता टोलीका संयोजक एवं खानेपानी, सिंचाइ तथा उर्जा, स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो लिम्बू, सदस्यहरू बुद्धिकुमार राजभण्डारी र भक्तिप्रसाद सिटौला वार्तामा छन्।

त्यस्तै, पहिचान पक्षबाट गोविन्द आङबुङ, युवराज राई, लाक्पा शेर्पा, रामभक्त कुरुम्बाङ लगायत वार्तामा सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *