What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

६ हजार बढी डाक्टरको लाइसेन्स सरकारलाई बुझाइयो
काठमाडौं– नेपाल चिकित्सक संघले आज ६ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) सरकारलाई बुझाएको छ। संघले आज काउन्सिलमा लगेर डाक्टरहरुको लाइसेन्स बुझाएको हो।
डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्। संघले देशभरका १६ शाखाबाट ६ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको नेतृत्वमा दिउसो पौने दुई बजे नेपाल मेडिकल काउन्सिल पुगेर लाइसेन्स तथा हस्ताक्षर बुझाएको हो।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।
नेपाल चिकित्सक संघले मुलुकी ऐनको विरोध गर्दै मुलुकी अपराध तथा फौजदारी संहितामा व्यवस्था गरिएको चिकित्सकको कसुर तथा कारवाहीको दफाहरु संशोधनको माग गर्दै आएको छ ।