के देशले कोल्टो फेर्नै लाग्या हो ?

हरि पूर्व निरौला, ईलाम
यतिका वर्षसम्म नेपालको ढुकुटी लुटेर डकार्दै सोझा साझा जनतालाई ललाई फकाई गरेर ब्रह्मलुट मच्याएकाे धुरीबाट कराउन लाग्दा सबै राजनीतिक दलका नाइकेहरुको मनमा ढेंग्रो बजेको अवस्थाले नेपालको राजनीतिमा पूरा उथुल पुथुलको स्तिथि सिर्जना भएको देखिन्छ। सबै महान भ्रष्टचारीहरु आफन्त पुत्रपुत्री अर्धाङ्गिनी बचाउँन दिन रात एक गर्दै दौडधुपमा लागिरहेको देखिन्छ के अब नेपालको राजनीतिसँगै देशले कोल्टो फेर्ने दिशातर्फ उन्मुख हुन लाग्या हो त ?

जनताको उत्साह र रौनक नि फेरिदै छ। यता चरम लापरवाही र भ्रष्ट नीतिलाई अवलम्बन गरी गगनचुम्बी सफलता छोटो समयमा नी अरबपति बन्नेहरुको हालत हुन लाग्दा निमुखा जनताले भने हल्का राहतको श्वास महसुस गरेर भ्रष्टाचार विरोधी आन्दोलन थप सशक्त पारिरहेका छन् । अब प्रधानमन्त्रीले यसलाई कडाइका साथ अगाडि बढाउने दृढसंकल्प लिनु पर्ने देखिन्छ हैन भने की वार की पारको स्तिथि देखिन्छ, हाल देशको।

उच्चपदस्थ कर्मचारी र राजनीतिक नायकहरुको फ्लिमको थ्रिलर सुरु हुँदै छ अब असली पूरा फ्लिम कस्तो ढंगबाट अगाडि बढ्ने हो त्यो हेर्न जनता आतुर देखिन्छन। विश्वका आमसञ्चार माध्यममा यतिबेला नेपालको उथुल पुथुलको राजनीतिक अवस्था अनि शरणार्थी काण्डले प्रमुख हेडलाइन ओगटेको अवस्था जगत जाएर नै छ।

विभिन्न काल खण्डसंगै विभिन्न काण्डहरुमा देश मुछ्दै आफ्नो र आफन्तको ढुकुटी भर्दै निमुखा जनताको सपना चकनाचुर पारी आफ्नो सर्वाङ्गीण विकास गर्दै यो घडीसम्म गणतन्त्रको नाममा लुटतंत्र मच्चाउँदै आइरहेका माननीयहरुलाई अब भने धेरै सकसको स्तिथि देखिन्छ। एक तर्फ नयाँ जन्मिएको रास्वपाले राजनीतिक फिल्डबाट किक आउट गर्ने डर त अर्को तर्फ अखित्यारले घिच्रो समाएर कोच्ने डर अब यसमा जनतालाई यस्तै फ्लिम हेर्ने ठूलो रहर अनि गर्नु के त?

चरम आर्थिक मन्दीको चपेटामा देश रुमलिएको समयमा यो शरणार्थी काण्डले झन् देशको माहोल तातिएको छ अब के हुने हो भन्ने कुरा निकट भविष्यमा नै थाहा हुने निश्चित छ।

यो समय देशको एक वर्षको भविष्य लेख्ने बेला अर्थात् बजेट बनाएर देशको भविष्य लेख्ने बेला हो विभिन्न छलफल सलाह परामर्श गरी देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने योजना सहितको बजेट निर्माण गर्नु हो।

विश्व मानचित्रमा नेपालको इज्जत माटोमा मिलाउने काम जुन नेताले गरेका छन् त्यो एउटा भ्रष्ट्राचार नभएर देश द्रोह हो त्यसैले कडा भन्दा कडा कारवाही हुनु पर्दछ अहिलेको सरकारले कुनै कसुर नछोडी र नडगमगाइ आफ्नो फैसलामा कायम रहेर यसको छिनोफानो गर्नु पर्दछ नत्र नेपाली जनताले कदापि माफी गर्ने छैनन्।

प्रचण्ड सरकारको गुमेको साख फिर्ता लिने समय यही नै हो किन कि यो बखतमा पनि त्यो दुई जिब्रे प्रविधि हावी भयो भने पार्टी नी धराप हुने निश्चित छ। विश्व सामु नेपालमा पनि कानुन छ सरकार छ भन्ने विश्वास दिलाउन पनि यो नकली शरणार्थी केश टुंगो लगाउन पर्छ।

जति दबाब भए पनि एउटा खम्बाको रूपमा अगाडि खडा हुनु सक्नु पर्यो नेतृत्व पंक्तिले यो समयमा नातागोता भाइबाद सब त्यागेर देशको लागि सोच्ने बेला हो आफ्नो देश छोड्नको लागि जुन पैसा को धन्दा गरेर दाजुभाइ बेच्ने काम भएको छ अब आउने १००पुस्ताले नबिर्सिने दण्ड गरेर यसलाई पूरानो अवस्थामा ल्याउनु पर्दछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *