What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौंको बूढानीलकण्ठबाट वैशाख ३१ गते पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।
उनी विरुद्ध वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएको थियो। उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो।
यस प्रकरणमा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान चलिरहेको छ। यसमा १०६ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।