हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पूर्वबजेट प्रस्ताव आशा लाग्दो छैन, अर्थतन्त्र सुधार्ने नीति चाहियो : रवि लामिछाने (भिडिओ)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री प्रकाशशरण महतले संसदमा पेश गरेको पूर्वबजेट प्रस्ताव आशालाग्दो नभएको बताएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा पार्टीका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामछिानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताएका हुन् ।
अहिलेको अवस्था असाधारण रहेको र त्यो असाधारण अवस्थालाई सम्बोधन गर्ने ठोस नीतिसहितको प्रस्ताव आउनुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।
अर्थतन्त्रलाइ सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अंगीकार गर्न सरकारलाई उनले सुझाव दिएका छन् ।
हेर्नुहोस् भिडिओ–