हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बेथिति !
हरि पूर्व निरौला
जताततै अलपत्र छ विकास निर्माणको काम, सरकारको घैटोमा कहिले लाग्छ घाम ? जनतालाई सास्ती अनि सरकार र नेतालाई मस्ती काेही भन्छन् भारतको दोस्ती कोही भन्छन् चाइनासंग नै मस्ती यस्तै छन् देशका राजनीतिक हस्ती अनि भैगो नि नागरिकलाई सास्ती।
ठेकेदार, कर्मचारी पार्टीका झोले अनि न्याय र कानून सबै पोले, ठूलाठालु तीनै झोले, यता जनतालाई भने दुई छाक खानछैन कोदाको खोलें। कृषिमा मल छैन बीउ छैन साढे जुधाइ ठीक छ कुर्सीमा कताबाट कुरो मिल्छ।
एउटा सरकार आउँछ एउटा योजना सुरु गर्दछ ९ महिना बित्न न पाउँदै ढल्छ अनि भद्रगोल सबै योजना अनि भएन त लथालिङ्ग। भारत चीन हाई हाइ नेपालको विकास बाई बाई,अनि पस्नु परेन त पेट पाल्न विदेशतिर दाजु भाइ? हत्या हिंसा र बलात्कार बढ्दै छ अझै चमत्कार,देश कंगाल हुन लाग्दा सबै गर्छन आरोप र पत्यारोप कहिले मिल्ला सही र सकारात्मक शासक देशलाई।
विकास र निर्माण छन् सबै अलपत्र कोसंग छ यसको शिलापत्र? किन हुँदै छ यस्तो देशमै सबैतिर बेथिति? कसले राख्ने नजर सरकार आफै मुकदर्शक भए छि। हुन त के होला हाम्रो देशको राजधानी मै सबै काम छन् अलपत्र अनि अरु त के कुरा गर्नु र मित्र?
हिमाल पहाड तराई मधेश सबै गाउँ ठाउँ मै हुन्छ सिंहदरबार भनिन्थो, सुनिन्थो तर ऐले सिंहदरबार त आयो तर गर्जन सिंहको नभएर स्यालको ‘स्टाइल’मा।
गाउँदेखि सहरसम्म सहरदेखि राजधानीसम्म जतात्यतै विकाशको लहर छायो, विचरा निमुखा जनताको रोजी रोटी नै विकासले खायो अनि युवा जति विदेश धपायो वृद्ध वृद्धा लाई थाङ्नामा सुताएर आफ्नै करको पैसा ले भता खुवायो सबै तिर वाह! वाह ! बुझ्दै जाँदा देशको दर्दनाक अवस्था देखेर सबै शिक्षित बर्ग ट्वा अनि के हुन्छ यहाँ ?
सपना बोकेर खाडीमा पुगेको छोरो बाकसमा फिर्दा बाउ आमा गर्छन यहाँ चित्कार कसै कसैले त भन्छन छैन यो व्यवस्था हितकर। सारा लुटियो निमुखाको घित्रो निमोटियो, नत कतै समेटियो नत तृषणा नै मेटियो अब कैले सुन्दर शान्त नेपाल कहाँ भेटियो?
आशा भरोसा बिलाए, नेताले मुख मात्र चलाए, देश चलाउन सकेनन्, ढुकुटी रित्याये, अनि विकास निर्माणको काम चाहिं लथालिङ्ग पारेर खै के खूतियाए ? विदेशीलाई नागरिकता दिए न भएको जनसंख्या बढाए, कृषियोग्य जमिनमा बजार बसाए, उपभोग्य सामान विदेशबाट आयत गरे निर्यात माटो मै मिलाए। बेपार घाटा रे कैले गरे र निरन्तर उत्पादन अनि निर्यात अनि खोज्छन् प्रोफिट चाहिँ ?
विश्वविद्यालय धरासायी राजनीतिक हस्तछेपले खाई, हुँनुहार विद्यार्थी सबै बाहिर गए आफ्नो शिक्षा लिनलाई, धनराशी ठूलै गयो बाहिर यिनकै साथमा अनि के हुन्छ र हामी यहाँ रहने को हातमा ? अब सबै मिलाऊ गरौं देशको माया तर के गर्ने र यस्तै रहेछ घाम र छायाँ।।
जय देश जय जनता।