बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

इन्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ । लखनउले शुक्रबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेटको जित निकाल्यो ।
घरेलु मैदान अटल बिहारी वाजपेयी एकाना रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १२२ रनको लक्ष्य लखनउले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
लखनउको जितमा कप्तान लोकेश राहुलले ३५ रन बनाए । क्रुनल पाण्ड्याले ३४, काइल मयेर्सले १३ र निकोलस पुरनले ११ रन जोडे ।
हैदराबादका आदिल राशिदले दुई विकेट लिए । भुवनेश्वर कुमार, फजलहक फारुकी र उम्रन मलिकले समान एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो ।
हैदराबादका राहुल त्रिपाठीले ३४ रन बनाएका थिए । अन्मोलप्रित सिंहले ३१, अब्दुल समदले २१ र वासिंटन सुन्दरले १६ रन जोडे ।
लखनउका क्रुनल पण्ड्याले तीन विकेट लिए । अमित मिश्राले दुई विकेट लिँदा रवि बिस्नोई र यस ठाकुरले समान एक विकेट लिए ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि खाता खोल्न नसकेको हैदराबाद भने तालिकाको पुछारमा छ ।