हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
भ्रष्टाचारको फाइल खोलेर सिध्याउँछ भनेर म माथि षड्यन्त्र भयो: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर सबैलाई सकाउँछ भनेर आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित उपनिर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले गृहमन्त्रालयमा रहँदै धेरै तस्करहरुको फाइल खोलिरहेकामा आफूमाथि षड्यन्त्र भएको बताएका हुन् ।
जनतालाई सधैँ गरिबीमा राखिरहने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले चकनाचुर पारेपछि सिध्याउन लागि परेका उनले बताए । उनले यो पटक एकको बदला तीन लिएर संसदमा जाने दाबी गरे ।
अबको पाँच वर्षमा रास्वपाको एकल सरकारलाई कसैले रोक्न नसक्ने उनले बताए ।
सभापति लामिछानेले १० सिट जितेको दललाई प्रधानमन्त्री दिने सत्ता गठबन्धनमा सहमति भएकोले त्यसभन्दा बढी सिट भएको रास्वपाले पनि सरकार सञ्चालन गर्न पाउनुपर्ने प्रस्ताव राख्ने बताए।
सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री बनाउने समझदारी बनेको थियो।
यसतर्फ लक्षित गर्दै लामिछानेले भने, ‘१० सिट जितेको, राष्ट्रिय दल नबनेकोलाई प्रधानमन्त्री बनाउने हल्ला सुनेको छु। म प्रस्ताव राख्न चाहन्छु- १० दलको गठबन्धनलाई, १० सिटको दललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुभएछ। संविधानले दिन्छ कि दिँदैन थाहा छैन, १०० दिनमात्र सरकार चलाउन दिनुहोस्, मात्र १३ मन्त्रालय चलाएर देशमा थिति कसरी बसाल्ने देखाइदिन्छौं।’
अहिले प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत चैत ६ र पुस २६ मा रास्वपाले विश्वासको मत दिएको थियो। रास्वपा पुस १० मा बनेको गठबन्धनबाट केही समय सरकारमा गए पनि सरकारबाट बाहिरिएको थियो।
१० दलीय गठबन्धनले भने मन्त्रालय भागबन्डा गर्दा रास्वपालाई कुनै पनि मन्त्रालय छुट्टाएको छैन।
लामिछानेले जनताका पक्षमा काम गर्ने र आउँदो ५ वर्षपछि दुई तिहाइसहित रास्वपाले सरकार बनाउने दाबीसमेत गरेका थिए।
नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ को चुनावमा लामिछाने चितवन २ बाट निर्वाचित भएका थिए। पुस ११ मा लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए। नागरिकता मुद्दामा पद बदर भएसँगै उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए।