What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एमाले निकट लोकतान्त्रिक जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा
काठमाडौं। नेकपा (एमाले) निटक लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा तोप्केगोला चयन भएका छन् । त्यस्तै, महासंघको महासचिवमा पेम्बा भोटे चयन भएका छन् ।
महासंघको १९ र २० चैतमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनले शेर्पालाई अध्यक्ष र भोटेलाई महासचिवमा चयन गरेको हो । अध्यक्ष र महासचिवमा चयन भएका दुवै जना पूर्व सांसद् हुन् । आदिवासी जनजाति महासंघको अध्यक्ष समेत भइसकेका शेर्पा एमालेको केन्द्रीय सदस्य हुन् ।
त्यस्तै, भोटे पनि आदिवासी जनजाति महासंघको पूर्व महासचिव हुन् । लोकतान्त्रि महासंघमा उनी यसअघि पनि महासचिवकै जिम्मेवारीमा थिए । त्यस्तै, उपाध्यक्षमा ज्ञानेन्द्र पुन, बिजयसिंह लोप्चानसहित अन्य दुई चयन भएका छन् । उपमहासद्धिवमा देवराज राई र प्रेम श्रेष्ठ चयन गरिएका छन् । केषाध्यक्षमा ज्योति लामा चयन भएका छन् ।