ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ना खुल्यो, के-के चाहिन्छ योग्यता ?

काठमाडाैं । ब्रिटिस आर्मी र सिंगापुर पुलिसको सन् २०२४ इन्टेकको लागि आवदेन खुलेकाे छ।  बेलायती सेनाले एक सूचना जारी गर्दै नेपालको पोखरा, धरान र सुर्खेतबाट भर्ती लिइने जानकारी गराएको हाे ।

आवदेन अनलाइन मार्फत दिन सकिनेछ । भर्ती हुन ईच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत नाम थर नेपाली पासपोर्ट नम्बर र जिल्ला दर्ता गर्नुपर्नेछ । अनलाइन दर्ता चैतको १८ गते देखि बैशाख १७ गते सम्म रहनेछ ।

पहिलो चरण छनोट ब्रिटिस गोर्खा पोखरा र ब्रिटिस क्याम्प धरानमा जेठको ८ गतेदेखि साउनको १२ गतेसम्म र सुर्खेतमा जेठको २२ गतेदेखि असारको २९ गतेसम्म सञ्चालन हुनेछ । अनलाइन दर्ता प्रक्रियामा सफल भएकाहरुलाईर ब्रिटिस आर्मीको वेवसाइट www.army.mod.uk/bgn मा साउन १९ गते सूचित गराइने सूचनामा जनाइएको छ ।

के के चाहिन्छ योग्यता

शैक्षिक योग्यता : कम्तीमा एस ईई अर्तीण वा सो सरह (कम्पार्ट पास भए पनि हुने) नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ५ सी ग्रेड प्राप्त गरेको । दुबै ब्रिटिस गोर्खा र सिंगापुर प्रहरीमा भर्ती हुनका लागि अङ्ग्रेजी र गणितमा सी ग्रेडिङ अनिवार्य हुनुपर्ने ।

उमेर : सन १ डिसेम्बर २०२३ साल सम्ममा कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ ।
उचाई : कम्तीमा १८५ सेन्टिमिटर हुनुपर्नेछ ।

बी एम आई : पहिलो चरणको छनौट १७–३० र दोस्रो चरण छनौटमा १८–२८ हुनुपर्ने ।
आँखा/चश्मा/कन्ट्याक लेन्स : चश्मा/कन्ट्याक लेन्स लेजर सर्जरी स्वीकार्य हुने छैन । छड्के,वा डेढो आँखा नभएको वा आँखा ठूलो सानो नभएको हुनुपर्नेछ ।

दाँत : दुई भन्दा बढी समस्या नभएके अगाडीको कुनै पनि दाँत नक्कली वा किराले नखाएको भित्र वा बाहिर ननिस्केको वा नखप्टेको हुनुपर्नेछ ।

पासपोर्ट : रजिस्टर गर्नका लागि मेसिन रिडेबल पासपोर्ट वा ए पासपोर्ट अनिवार्य

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *