सरकारले देश र जनताको हितप्रतिकुल काम गरिरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हित भन्दा पनि आफ्नो व्यक्तिगत हितको लागि काम गरिरहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको आरोप बताएका हुन् ।

उनले सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको उल्लेख गरे । नेपालमा हुने चुनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उनले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे ।

ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन् ।

साक्षात्कारमा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन उचित नभएकाले क्यालेण्डरबाट हटाउन चेतावनी दिए । संक्रमण न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुङ्गाउनुपर्ने उल्लेख गर्दै ओलीले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने स्पष्ट पारे ।

ओलीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिदै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *