हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
५० हजार घुससहित वडा अध्यक्ष पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।
आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।