गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन

गणेश सिंजाली
गुल्मी । छत्रकोट गाउँपालिकाकाे पिपलनेटा-दिगाम-धरमपानी-मानकोट-दौंघा सडक अन्तर्गत पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकखण्ड उद्घाटन गरिएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के पी शर्मा ‌ओलीले सडक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै ओलीले  योजनालाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। मनमोहन अधिकारीको कार्यकालदेखि नै गाउँगाउँमा पूर्वाधार विकासकाे कामले प्राथमिकता पाउदै आएको बताए । छत्रकाेट गाउँपालिकाले गरेकाे जनमुखी कामकाे प्रशंसा गर्दै ओलीले जनताकाे घरदैलोसम्म पुग्ने बाटोले स्थानीयले प्रत्यक्ष लाभ लिन सघाउ पुग्ने  बताए ।

कार्यक्रममा उनले राजनीतिक जागरणका लागि लडेर आएका नेताहरुले जनस्तरको काममा अझ जिम्मेवारी पूर्वक बहन गर्न आग्रहसमेत गरे । कार्यक्रमा जिल्लाका सबै नेताको सहभागिता रहेको थियो ।

प्रदेशकाे समपूरक कोषअन्तर्गत दुई करोड तीन  लाख ८० हजार आठ सय ६७ रुपैयाँमा पुष्पाञ्जली शकर जेभी तम्घासले निर्माण गरेको हो। यो योजना गत मंसिरमा सम्झौता गरिएको थियो।

यो सडक गाउँपालिकाभित्र आन्तरिक सडकमध्ये पहिलो कालोपत्रे भएको हो। यो सडकको ०४९/५० सालमा पहिलो ट्रयाक खोलिएकोमा करिव ३० वर्षपछि मात्रै बल्ल सडक चाैडा पारेर कालाेपत्रे गरिएकाे छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले तीन जिल्ला जोड्ने कालोपत्रे सडकले नागरिकको जीवनस्तर माथि उठाउन टेवा पुग्ने बताए। उनले नागरिकको शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच अभिवृद्धि गर्दै कृषि तथा सडक संरचनामा पनि पालिकाले उदाहरणीय काम गरेको बताए ।

छत्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १९ हजार ३ सय ५७ (पूर्णविवरणसहित)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *