हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
छत्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १९ हजार ३ सय ५७ (पूर्णविवरणसहित)
काठमाडौं । छत्रकोट गाउँपालिका, गुल्मीको कुल जनसङ्ख्या १९ हजार ३ सय ५७ रहेको पाइएको छ । नेपालको जनगणना २०७८ को प्रतिवेदनअनुसार छत्रकोट गाउँपालिकाको ५ हजार ३ सय ७ परिवारको कुल जनसङ्ख्या १९ हजार ३ सय ५७ पाइएको हो । त्यसमध्ये महिलाको सङ्ख्या १० हजार ७ सय ४० छ भने पुरुषको सङ्ख्या ८ हजार ६ सय १७ रहेको छ । छत्रकोटमा पुरुषको तुलनामा महिला २ हजार १ सय २३ जना धेरै छन् ।
६ वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ३ मा ३ हजार ९सय ८८ र सबैभन्दा कम वडा नम्बर ६ मा २ हजार ५ सय ६४ रहेको छ ।
छत्रकाेट गाउँपालिकाकाे विस्तृतमा जनसङ्ख्या विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
गुल्मीका १२ स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या कालिगण्डकी गाउँपालिकामा १५ हजार ४४ र सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा ३१ हजार पाँच सय ५१ रहेको छ । वडा अनुसार नेपालकाे जनसङ्या हेर्न यहाँ क्लिक गर्नुहाेस
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
शुक्रबार सार्वजनिक नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।
गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।
२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कणर्ाली हो । कणर्ालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।