राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)

काठमाडाैं । राष्ट्रिय जनगणना २०७८ को नतीजा शुक्रबार सार्वजनिक भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जनगणनाको नतीजा सार्वजनिक गरेका हुन्। जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।

त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *